Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधवार तोलामा ६०० ले घट्यो सुनको भाउ

बुधवार तोलामा ६०० ले घट्यो सुनको भाउ

दैनिकी न्यूज

२१, माघ २०७७
बुधवार तोलामा ६०० ले घट्यो सुनको भाउ
images

काठमाडौं । नेपाली बजारमा बुधवार सुन तथा चाँदीको भाउ घटेको छ । स्थानीय बजारमा बुधवार सुनको भाउ ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला ६०० रुपैयाँले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधवार चाँदीको भाउ पनि घटेको छ । मंगलवार प्रतितोला १ हजार ४०० मा कारोबार भएको चाँदी बुधवार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको भाउ ८० रुपैयाँले घटेको हो । 

images
प्रकाशित मिति :माघ २१, २०७७ बुधवार - १३:१२:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology