काठमाडौं । मंगलबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार १ सयमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा पाँच सय रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ भने घटेको छ । महासङ्घकाअनुसार आज चाँदी तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ पनि तोलामा ८० रुपैयाँले बढेर १४ सय रुपैयाँमा पुगेको थियो ।