काठमाडौं । साताको पाँचौ कारोबारको दिन बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । स्थानीय बजारमा बिहीबार सुनको भाउ प्रति तोलामा १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुन ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । तर बुधबार छापावाल सुन ९२ हजार १०० र तेजाबी सुन ९१ हजार ६०० रुपैयाँ र मंगलबार छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा बिहीबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेको हो ।

यस्तै, बिहीबार चाँदीको भाउ पनि घटेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार २५० रुपैयाँ, मंगलबार १ हजार २५५ रुपैयाँमा खरीदविक्री भएको थियो ।