काठमाडौं । बुधबार तीन ओटा कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
साल्ट ट्रेडिङ कर्पोरशेन लिमिटेडको ३ लाख ८४ हजार ४८८ कित्ता बोनस शेयर, फर्स्ट माइक्रोफाइनानस लघुवित्त वित्तीय संस्थाको ७ लाख ६० हजार ७०४ दशमलव ५४ कित्ता र सिटीजन्स बैंक इन्टनेसनलको ७२ लाख ७१ हजार ८५३ दशमलव ८३१८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
ती तीन ओटै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । साल्ट ट्रेडिङ कर्पोरशनले मंसिर ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
त्यसैगरी फर्स्ट माइक्रोफाइनान्सले मंसिर १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ दशमलव ५० प्रतिशत बोनस शेयर र सिटीजन्स बैंकले ८ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।