Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

मंगलबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१३, माघ २०७७
मंगलबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । स्थानीय बजारमा मंगलबार सुनको भाउ ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । तर सोमबार छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ४०० रुपैयाँ तेजाबी सुन ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार छापावाला सुन प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

10-13.PNG

यस्तै, मंगलबार चाँदीको भाउ भने घटेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १२६० रुपैयाँमा खरीदविक्री भएको थियो ।

images
प्रकाशित मिति :माघ १३, २०७७ मंगलवार - १०:५३:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology