काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । स्थानीय बजारमा सोमबार सुनको भाउ २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला २०० रुपैयाँले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमबार चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार चादी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आइतवार पनि सेही मूल्यमा खरीदविक्री भइरहेको छ ।