Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज सुनको भाउ घट्यो, चाँदीको भाउ भने स्थिर

आज सुनको भाउ घट्यो, चाँदीको भाउ भने स्थिर

दैनिकी न्यूज

११, माघ २०७७
आज सुनको भाउ घट्यो, चाँदीको भाउ भने स्थिर
images

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतवार नेपाली बजारमा सुनको भाउ घटेको छ । स्थानीय बजारमा आइतवार सुनको भाउ ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतवार चाँदीको भाउ भने स्थिर रहेको छ । शुक्रवार प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आइतवार पनि सेही मूल्यमा खरीदविक्री भइरहेको छ ।

images
प्रकाशित मिति :माघ ११, २०७७ आइतवार - ११:१७:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology