काठमाडौं । लगातार बढिरहेको सुनको भाउ साताको अन्तिम कारोबार दिन शुक्रबार घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै आज प्रतितोला छापावाल सुन ९२ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ४०० रुपैयाँमा घटेको छ।
हिजो बिहीबार सुनको भाउ तोलामै ६०० रुपैयाँ बढेको थियो। हिजो प्रतितोला छापावाल सुन ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज शुक्रबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार २६० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार २७५ रुपैयाँ कायम भएको छ।