Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेप्से दोहोरो अंकले बढ्यो, कारोबार ७ अर्ब ७९ करोड

नेप्से दोहोरो अंकले बढ्यो, कारोबार ७ अर्ब ७९ करोड

दैनिकी न्यूज

८, माघ २०७७
नेप्से दोहोरो अंकले बढ्यो, कारोबार ७ अर्ब ७९ करोड
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले साताको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले बढेको छ ।

आज नेप्से ३१.८७ अंकले बढेर २ हजार तीन सय ७४ दशमलब ६४ विन्दुमा पुगेको छ । यो विन्दु हालसम्मकै उच्च विन्दु हो । त्यस्तै, आज भने ७ अर्ब ७९ करोड ८५ लाखको कारोबार भएको छ ।

बिमा समूहको वर्चश्व रहेको बिहीबारको कारोबारमा सबैभन्दा धेरै कारोबार ५ बिमा कम्पनीले गरेका छन् । नेपाल लाइफको ५३ करोडको कारोबार भएको छ भने नेको, नेपाल–रि, शिखर, नेसनल लाइफ इन्स्योरेन्स रहेको छ । १० बढी कारोबार हुने अन्य कम्पनीमा प्रभु बैंक, नेपाल टेलिकम, एनआई एसिया, अरुण कावेली हाइड्रो र नबिल बैंक छन् ।

बिहीबार २४ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यद्यपि, अधिकांश वाणिज्य बैंकहरुको सेयर मूल्य घटेसँगै बैंकिङ सूचक र म्युचुअल फन्ड सूचकमा सामान्य गिरावट आएको छ । बिहीबारको कारोबारमा जीवन बिमा समूह र निर्जीवन बिमा समूहमा उछाल आएको छ । पुँजीकरणका आधारमा भन्दा बिमा समूहको हिस्सा १७ प्रतिशत छ भने बैंक समूहको हिस्सा ४१ प्रतिशत छ ।

images
प्रकाशित मिति :माघ ८, २०७७ बिहिवार - १६:५२:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology