काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (बिहिबार) प्रतितोला ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबार छापावाला सुनको भाउ प्रतितोला ९३ हजार १ सय रुपैयाँ, तोजावी सुन ९२ हजार ६०० रुपैयाँ र चाँदी तोलाको १ हजार २ सय ७५ रुपैयाँ कायम गरिएको छ ।

तर बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ, तोजावी ९२ हजार रुपैयाँ र चाँदी तोलाको १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।