Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यसकारण ह्वात्तै बढ्यो सेयर बजार, यी हुन् सर्वाधिक कमाउने कम्पनी

यसकारण ह्वात्तै बढ्यो सेयर बजार, यी हुन् सर्वाधिक कमाउने कम्पनी

दैनिकी न्यूज

७, माघ २०७७
यसकारण ह्वात्तै बढ्यो सेयर बजार, यी हुन् सर्वाधिक कमाउने कम्पनी
images

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधवार १५ दशमलव ८७ अंक बढेर बन्द भएको छ । यो दिन नेप्से परिसूचक २ हजार ३४२ दशमलव ७६ विन्दुमा पुगेको हो । बुधवार कारोबार रकम भने घटेको छ । मंगलवार ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार बराबरको शेयर कारोबार भएकोमा बुधवार ६ अर्ब २१ करोड ९ लाख ६६ हजार बराबरको १ करोड ५९ लाख ८१ हजार ९५२ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २११ ओटा कम्पनीको ५३ हजार ३३४ पटकको व्यापारमा भएको हो । कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल लाइफ इन्स्योरेन्सले ओगटेको छ । नेपालको इतिहासमै पहिलो पटक शेयर संख्या टुक्र्याउन लागेको उक्त कम्पनीको सर्वाधिक रकमको कारोबारले निरन्तरता पाइरहेको छ । उक्त कम्पनीले प्रति शेयर अंकित मूल्य ५० मा झार्ने तयारी गरेको छ । बुधवार नेपाल लाइफको ६१ करोड ४० लाख ८९ हजार बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य पनि ७ दशमलव २९ प्रतिशतले बढेको छ । प्रतिकित्ता १९६ ले बढेर नेपाल लाइफ इन्स्योरेन्सको अन्तिम शेयरमूल्य २ हजार ८८५ पुगेको छ । यो दिनको कारोबारमा १२ ओटा समूहमध्ये पाँच ओटा समूहको परिसूचक घटेको छ भने ७ समूहको परिसूचक बढेको छ । बुधवारको बजारमा होटल समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् भने जीवन बीमा समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । होटल समूहको परिसूचक सर्वाधिक १ दशमलव १२ प्रतिशत घटेको छ भने जीवन बीमा समूहको परिसूचक सर्वाधिक ४ दशमलव ६७ प्रतिशत बढेको छ । यो दिन बैंकिङकको परिसूचक शून्य दशमलव १४ प्रतिशत, व्यापारिकको शून्य दशमलव ३ प्रीतशत, उत्पादन तथा प्रशोधनको १ दशमलव शून्य ५ प्रतिशत र अन्य समूहको शून्य दशमलव ६४ प्रतिशत घटेको छ । यस दिन वित्त समूहको ४ दशमलव २६ प्रतिशत, जलविद्युुतको ३ दशमलव शून्य ५ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ७३ प्रतिशत, लघुवित्तको शून्य दशमलव ७६ प्रतिशत, म्यचुअल फण्डको शून्य दशमलव १३ प्रतिशत र विकास बैंकको शून्य दशमलव शून्य ८ प्रतिशत परिसूचक बढेको हो ।

images
प्रकाशित मिति :माघ ७, २०७७ बुधवार - १६:२७:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology