काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (बुधबार) प्रतितोला ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ५ सय रुपैयाँ, तोजावी सुन ९२ हजार रुपैयाँ र चादीँ तोलाको १ हजार २ सय ६० रुपैयाँ कायम गरिएको छ ।
तर मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार, तोजावी ९१ हजार ५ सय रुपैयाँ र चाँदी तोलाको १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।