Logo

सोमवार, श्रावण २५ गते २०८३

images

घटेको सेयर बजारमा कुन कम्पनीले कति कमाए, कुनले गुमाए ?

घटेको सेयर बजारमा कुन कम्पनीले कति कमाए, कुनले गुमाए ?

दैनिकी न्यूज

६, माघ २०७७
घटेको सेयर बजारमा कुन कम्पनीले कति कमाए, कुनले गुमाए ?
images

काठमाडौं । साताको तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज (मंगलबार) सामान्य अंकले घटेको छ । सोमबार नेप्से १७.३१ अंकले बढेको थियो । आज नेप्से ५.५७ अंकले घटेर दुई हजार तीन सय २६ दशमलब ९० विन्दुमा पुगेर रोकिएको छ भने, ७ अर्ब ४६ करोडको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ समूह बाहेक अन्य समूह घटेका छन् ।  

कारोबारमा आएका २०६ ओटा कम्पनीको १ करोड ६३ लाख ५ हजार १४१ कित्ता शेयरको ५७ हजार ९८० पटकमा ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार ८४८ बराबरको शेयर खरीदविक्री भएको छ । मंगलवारको कारोबार दिनमा २०६ ओटा कम्पनीमध्ये ५५ ओटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने ११५ ओटा कम्पनीको शेयर मूल्य घटेको छ । त्यसैगरी ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेका छन् ।

मंगलवार तीन ओटा कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । प्रोग्रेशिभ फाइनान्स, नेपाल फाइनान्स र गोर्खाज फाइनान्सको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । मंगलवार सर्वाधिक कारोबार भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ९१ करोड ९७ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको छ ।

उक्त कम्पनीले ५१ प्रतिशत लाभांश वितरण गर्नका लागि साधारण सभा तथा बुक क्लोज मिति तय गरेसँगै उक्त कम्पनीको शेयर सर्वाधिक कारोबार भएको हो । मंगलवार सबैभन्दा बढी सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ७ दशमलव ७४ प्रतिशतका दरले घटेको छ । उक्त कम्पनीको शेयर मूल्य मंगलवार रू. १ हजार ३०० कायम भएको छ ।

कारोबारमा आएका १२ ओटा समूहमध्ये सबैभन्दा बढी वित्त समूहको परिसूचक ३ दशमलव ५७ प्रतिशत वृद्धि भएको छ भने ब्यापर समूहको परिसूचक १ दशमलव ३५ प्रतिशत र जीबन बीमा समूहको परिसूचक ३ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।

images
प्रकाशित मिति :माघ ६, २०७७ मंगलवार - १५:४८:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology