Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आजदेखि सिंगटी हाइड्रोको आईपीओ निष्काशन

आजदेखि सिंगटी हाइड्रोको आईपीओ निष्काशन

दैनिकी न्यूज

४, माघ २०७७
आजदेखि सिंगटी हाइड्रोको आईपीओ निष्काशन
images

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड ५० लाख रुपैयाँबराबरको १४ लाख ५० हजार कित्ता आईपीओ स्थानीयहरुलाई बिक्री गर्न लागेको हो ।

कम्पनीले निष्कासन गर्न लागेको आइपीओमा स्थानीयले छिटोमा माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त अवधिमा सबै सेयर बिक्री नभए ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन सक्ने छन् । उक्त आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ बिक्रीका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता सेयर बिक्री गरेपछि आम सर्वसाधारणका लागि २९ करोडबराबरको २९ लाख कित्ता बिक्री गर्ने जनाएको छ । 

images
प्रकाशित मिति :माघ ४, २०७७ आइतवार - ०८:४५:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology