Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२९, पौष २०७७
आज सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज (बुधबार) सुनको भाउ तोलामा १०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको हो । यो बढोत्तरीसँगै आज प्रतितोला छापावाल सुन ९२ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ४०० रुपैयाँ मा खरिद विक्री भएको छ ।

9-29.PNG

तर हिजो (मंगलबार) सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको थियो । यो दिन प्रतितोला छापावाल सुन ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर १ हजार २६० रुपैयाँ कायम भएको छ । हिजो तोलामा २० रुपैयाँ बढेर १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । 


images
प्रकाशित मिति :पौष २९, २०७७ बुधवार - १०:५४:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology