Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबार एकैदिन ८ वाणिज्य बैंकको साधारणसभा, कसको कति पारित हुँदैछ लाभांश ?

बुधबार एकैदिन ८ वाणिज्य बैंकको साधारणसभा, कसको कति पारित हुँदैछ लाभांश ?

दैनिकी न्यूज

२९, पौष २०७७
बुधबार एकैदिन ८ वाणिज्य बैंकको साधारणसभा, कसको कति पारित हुँदैछ लाभांश ?
images

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंक मध्ये ८ बैंकले वार्षिक साधारण सभा बोलाएका छन् ।

सूचीकृत कम्पनीले पुस मसान्तभित्रमा वार्षिक साधारण सभा गरी सक्नुपर्ने भएकाले एकै दिनमा ८ वाणिज्य बैंकले साधारणसभा आयोजना गरेका हुन् । कारोना महामारीका कारण सबै कम्पनीको साधारण सभा भर्चुअल माध्यमबाट हुने भएको छ ।

ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, नेपाल बैंक, नबिल बैंक, प्राइम कमर्सियल बैंक, मेगा बैंक, कृषि विकास बैंक र सेञ्चुरी कमर्सियल बैंकको साधारण सभा हुन लागेको हो ।

ग्लोबल आईएमई बैंकको १४ औं वार्षिक साधारण सभा बैंकले रजिष्टर्ड कार्यालय, कमलादी काठमाडौंमा बिहान १० बजे सभा डाकेको हो । सभाले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १४ प्रतिशत बोनस र २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । संस्थापक शेयरधनी समूहबाट २ जना र सर्वसाधारण शेयरधनी समूहबाट ३ जनासमेत गरी ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । त्यस्तै सभामा स्वतन्त्र सञ्चालक नियुक्ति सम्बन्धी जानकारी पनि दिइनेछ ।सभा प्रयोजनार्थ बैंकले पुस १५ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको सो सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

एनएमबि बैंकको साधारण सभा कृष्ण टावर, नयाँ बानेश्वरमा बिहान १०ः३० बजेका लागि साधारण सभा बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १३ प्रतिशत बोनश शेयर र कर प्रयोजन समेत गरी ३।२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ। त्यस्तै अधिकृत पूँजी १६ अर्ब रुपैयाँबाट बढाएर २० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि साधारण सभाबाट पारित गराउनेछ । साधारण सभा प्रयोजनका लागि बैंकले पुस १६ गते बिहीबार बुक क्लोज गर्ने जनाएको छ । जस अनुसार पुस १५ गते बुधबारसम्म कायम रहने शेयरधनीहरुले मात्रै बैंकको लाभांश पाउनेछन् ।

नेपाल बैंक लिमिटेडले वार्षिक साधारण बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो । सभाले १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७६–०७७ को वार्षिक प्रतिवेदन पारित गर्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका पुस १६ गते (एक दिन) बन्द रहनेछ । बुक क्लोजको आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

नबिल बैंकको साधारण सभा आज बैंकको केन्द्रीय कार्यालय १० बजे गर्ने जानकारी गराएको हो । सभाले ३३.५ प्रतिशत बोनस शेयर र १.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका पुस १५ गते (एक दिन) बन्द रहनेछ । बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । हाल बैंकको चुक्त पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ भने बोनस सेयर वितरणपछि १३ अर्ब ४५ करोड पुग्नेछ । नबिलको प्रस्तावित लाभांश यस वर्षको हालसम्म घोषणा भएको वाणिज्य बैंकहरुमध्यकै उत्कृष्ठ लाभांश हो ।

प्राइम कमर्सियल बैंकको साधारण सभा आज बैंकको आफ्नै केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा बिहान १० बजे सभा बोलाएको हो । सभाले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका पुस २० गते (एक दिन) बन्द गरेकोछ । बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

मेगा बैंकको वार्षिक साधारण साधारण बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ः३० बजे गर्ने जानकारी गराएको हो । सभाले १० प्रतिशत बोनस शेयर र ३.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, यस बैंकमा अर्को कुनै बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने मर्जर तथा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयधनीदर्ता पुस्तिका पुस १७ गते बन्द रहेकोछ । बुक क्लोजको आधारमा पुस १६ गते बिहीबारसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

कृषि विकास बैंकको वार्षिक साधारण सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, भक्तपुरमा बिहान ११ः०० बजे गर्ने जानकारी गराएको हो । सभाले १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयधनीदर्ता पुस्तिका पुस १५ देखि पुस २९ गतेसम्म बन्द रहेकोछ । बुक क्लोजको आधारमा पुस १४ गते मंगलबारसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

सेञ्चुरी कमर्सियल बैंकको वार्षिक साधारण सभा आज आर्मी अफियर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो । सभाले ५.२५ प्रतिशत बोनस शेयर र २.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका पुस १६ गते (एक दिन) बन्द रहनेछ । बुक क्लोजको आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

images
प्रकाशित मिति :पौष २९, २०७७ बुधवार - ०८:५६:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology