काठमाडौं। लगातार घटिरहेको सुनको भाउ आज (मंगलबार) बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला छापावाल सुन ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँ मा खरिद विक्री भएको छ ।
तर हिजो (सोमबार) सुनको भाउ तोलामा ८०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९२ हजार २०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
गत आइतबार भने सुनको भाउ तोलामै २ हजार ३०० रुपैयाँले गिरावट आएको थियो । यो दिन प्रतितोला छापावाल सुन ९३ हजार रुपैयाँ र तेजाबी सुन ९२ हजार ५०० रुपैयाँमा झरेको थियो।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर १ हजार २५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४० रुपैयाँ घटेर १ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ गत आइतबार भने तोलामै ६० रुपैयाँ घटेको थियो।