Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सिद्धार्थ बैंकको मूल्य समायोजन

सिद्धार्थ बैंकको मूल्य समायोजन

दैनिकी न्यूज

२८, पौष २०७७
सिद्धार्थ बैंकको मूल्य समायोजन
images

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिद्धार्थ बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ। साधारण सभा प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य तोकेको हो।

नेप्सेले बैंकको १२ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य प्रतिकित्ता ४२१ रुपैयाँ तोकिएको छ। नेप्सेले हिजो अर्थात सोमबारको अन्तिम कारोबार मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो। सोमबार बैंकको शयर प्रतिकित्ता ४७२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

बैंकले माघ १६ गते बिहान ११ बजे आम्रपाली बैंक्वेटमा १९ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

साधारण सभामा बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ। 

images
प्रकाशित मिति :पौष २८, २०७७ मंगलवार - १०:५९:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology