काठमाडौं । सुनको भाउ ओरालो लाग्ने क्रम जारी रहेको छ । सोमबार सुन तोलामा ८०० रुपैयाँले घटेको हो ।
आज छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तर अघिल्लो दिन (आइतबार) छापावाल सुन तोलामा २ हजार ३०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रति तोला ९२ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आइतबार चाँदीको भाउ पनि घटेको छ । यस दिन चाँदी प्रति तोलामा ४० रुपैयाँले घट्दै १ हजार २३० रुपैयाँमा किनबेच भइरहेको छ । तर आइतबार चाँदी प्रति तोला १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।