काठमाडौं । सुनको भाउ ओरालो लाग्ने क्रम जारी रहेको छ । आइतबार सुन तोलामा २ हजार ३०० रुपैयाँले घटेको हो ।
आज छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तर अघिल्लो दिन (शुक्रबार) छापावाल सुन तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ९५ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रति तोला ९४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आइतबार चाँदीको भाउ पनि घटेको छ । यस दिन चाँदी प्रति तोलामा ३० रुपैयाँले घट्दै १२७० रुपैयाँमा किनबेच भइरहेको छ । तर शुक्रबार चाँदी प्रति तोला १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।