Logo

सोमवार, श्रावण २५ गते २०८३

images

लागुऔषधसहित एक पुरुष सानेपाबाट पक्राउ

लागुऔषधसहित एक पुरुष सानेपाबाट पक्राउ

दैनिकी न्यूज

२४, पौष २०७७
लागुऔषधसहित एक पुरुष सानेपाबाट पक्राउ
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. २ सानेपास्थित सडकबाट नियन्त्रित लागूऔषध १ सय ४१ एम्पुल डाईजेपाम, १ सय ४१ एम्पुल बुप्रेनोर्फिन र १ सय ४१ एम्पुल फेनारगन सहित सप्तरी
खडक नगरपालिका–५ ठेगाना भएका ४५ वर्षीय रामचन्द्र मण्डललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनलाई लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ । 

images
प्रकाशित मिति :पौष २४, २०७७ शुक्रवार - १५:४०:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology