Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

दैनिकी न्यूज

२४, पौष २०७७
सुनको भाउ घट्यो
images

काठमाडौं । सुनको भाउ ओरालो लाग्ने क्रम जारी रहेको छ। शुक्रबार सुन तोलामा १०० रुपैयाँले घटेको हो।

आज छापावाला सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सुन तोलामा एक हजार ३०० रुपैयाँले घटेर प्रतितोला ९५ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

शुक्रबार चाँदीको भाउ भने स्थिर रहेको छ। यस दिन चाँदी बिहीबारकै मूल्य अर्थात प्रतितोला एक हजार ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

images
प्रकाशित मिति :पौष २४, २०७७ शुक्रवार - १३:०२:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology