Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बिहीबार सुनचाँदीको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

बिहीबार सुनचाँदीको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२३, पौष २०७७
बिहीबार सुनचाँदीको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा साताको कारोबारको पाँचौ दिन (बिहीबार) सुनचाँदीको भाउ घटेको छ । यस दिन सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रति तोला ९५ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रति तोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

9-23.PNG

बुधबार छापावाल सुन तोलामा ३०० रुपैयाँले बढेर प्रति तोला ९६ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदी पनि प्रति तोलामा १० रुपैयाँले घटेर कारोबार भैरहेको छ । चाँदी तोलाको भाउ प्रति तोला १३३० रुपैयाँ रहेको छ । यसअघि बुधबार चाँदी तोलामा ५ रुपैयाँले बढेर १३४० रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :पौष २३, २०७७ बिहिवार - ११:०२:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology