काठमाडौं । नेपाली बजारमा साताको कारोबारको चौथो दिन (बुधबार) सुनचाँदीको भाउ बढेको छ । यस दिन सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रति तोला ९६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रति तोला ९६ हजार २०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार पनि छापावाल सुन तोलामा १ हजार १०० रुपैयाँले बढेर प्रति तोला ९६ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदी पनि प्रति तोलामा ५ रुपैयाँले बढेर कारोबार भैरहेको छ । चाँदी तोलाको भाउ प्रति तोला १३४० रुपैयाँ रहेको छ । यसअघि मंगलबार चाँदी तोलामा १० रुपैयाँले बढेर १३३५ रुपैयाँमा कारोबार भएको थियो ।