Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कतिमा समायोजन भयो प्राइम कमर्सियल बैंकको शेयर मूल्य ?

कतिमा समायोजन भयो प्राइम कमर्सियल बैंकको शेयर मूल्य ?

दैनिकी न्यूज

२०, पौष २०७७
कतिमा समायोजन भयो प्राइम कमर्सियल बैंकको शेयर मूल्य ?
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमवार प्राइम कमर्सियल बैंकको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले १५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य ४०७ रुपैया तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन (आइतवार) कायम अन्तिम शेयरमूल्य ४६८ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो । अब समायोजित मूल्यअनुसार कम्पनीको सेयर कारोबारमा आउनेछ ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले आफ्नै केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा बिहान १० बजे सभा बोलाएको हो । 

images
प्रकाशित मिति :पौष २०, २०७७ सोमवार - ०८:१२:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology