Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात हुने सम्भावना

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात हुने सम्भावना

दैनिकी न्यूज

१९, पौष २०७७
पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात हुने सम्भावना
images

काठमाडौं । पश्चिमी वायुको प्रभावले आइतवार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

पश्चिमी वायुको प्रभावले आइतवार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ र २ मा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आइतवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ३ र अधिकतम तापक्रम १८ दशमलव ४ डिग्री सेल्सियस छ । रासस

images
प्रकाशित मिति :पौष १९, २०७७ आइतवार - १४:५३:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology