काठमाडौं । शुक्रबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला छापावाल सुन ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९४ हजार रुपैयाँ पुगेको छ।
हिजो (बिहीबा)र भने सुनको भाउ तोलामा १०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
उता चाँदीको भाउ आज (शुक्रबार) स्थिर रहँदै तोलाको १ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ घटेर चाँदी तोलाको १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।