Logo

सोमवार, श्रावण २५ गते २०८३

images

चन्द्रागिरि हिल्सको आईपीओ पुस २४ गतेबाट निष्काशन

चन्द्रागिरि हिल्सको आईपीओ पुस २४ गतेबाट निष्काशन

दैनिकी न्यूज

१७, पौष २०७७
चन्द्रागिरि हिल्सको आईपीओ पुस २४ गतेबाट निष्काशन
images

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको आईपीओ पुस २४ गतेदेखि निष्काशन गर्ने भएको छ । कम्पनीले निष्कासन गर्न लागेको प्रतिकित्ता १०० रुपैयाँ अंकित आईपीओमा सर्वधारणले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता शेयर मध्ये ४ प्रतिशत कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामुहिक लगानी कोषहरुमा बाँडफाँड गरी बाँकी रहेको १३ लाख ९६ हजार ४४ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिने भएको हो । उक्त आईपीओमा पुस २४ गतेदेखि छिटोमा पुस २८ गतेसम्म र ढिलोमा माघ १० गतेसम्म आवेदन दिन सकिने छ ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्।

इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले मध्यम स्तरको क्रेडिट जोखिम भन्ने बुझाउँछ।

कम्पनीले गत मंसिर १७ गतेदेखि पुस १ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ६ हजार ८१९ कित्ता साधारण शेयर जारी गरेको थियो ।

यस कम्पनीको चुक्ता पूँजी यस आईपीओ बाँडफाँटपश्चात १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ।

 

images
प्रकाशित मिति :पौष १७, २०७७ शुक्रवार - ०७:५९:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology