Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेप्से दोहोरो अंकले बढ्यो

नेप्से दोहोरो अंकले बढ्यो

दैनिकी न्यूज

१६, पौष २०७७
नेप्से दोहोरो अंकले बढ्यो
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले बढेको छ ।

आज नेप्से २५ दशमलव २१ अंकले बढेर दुई हजार ८७ दशमलब २७ विन्दुमा पुगेको छ भने ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार ८३७ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार नेप्से सूचक २०८७ विन्दुमा उक्लिएपछि नयाँ किर्तिमान कायम भएको हो। एक महिना अगाडि गत मंसिर १७ गते नेप्से सूचक २०७१ अंकमा पुगेको थियो । त्यसपछि केहि करेक्शन आएको बजार पुनस् उकालो लाग्दै नयाँ उचाइमा पुगेको हो ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये एउटा समूह घटेको छ भने अन्य सबै समूह बढेका छन् ।


बिहीबार साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखियो भने बैंकिङ समूहले सेयर मूल्य बढ्ने आधार खडा गरे ।

नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ३.७८ प्रतिशतले घटे पनि अधिकांश कम्पनीको ३ प्रतिशतभन्दा तल सेयर मूल्य घटेको छ । 

images
प्रकाशित मिति :पौष १६, २०७७ बिहिवार - २०:१९:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology