काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) को २३ औं वार्षिक साधारणसभा आगामी माघ ९ गते हुने भएको छ । बैंकको सञ्चालक समितिको पुस १५ गते बसेको बैठकले उक्त साधारणसभा बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजे आयोजना गर्ने निर्णय गरेको हो । सभा भर्चुअल माध्यमबाट अमायोजना गरिने भएकाले उक्त सभामा छलफल गर्ने व्यवस्था गरिएने बैंकले जनाएको छ ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १० दशमलव ८१ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा १० दशमलव २६९५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५४०५ प्रतिशत नगद लाभांश रहेका छन्।
सोही सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्तिसम्बन्धी सम्पूर्ण कार्य गर्ने पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
साधारणसभा प्रयोजनको लागि पुस २१ गतेदेखि एक दिन बुक क्लोज रहने छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस २० गतेसम्म कारोबार गर्ने शेयरधनीहरुले सभामा भाग लिनुका साथै प्रस्तावित लाभांशका हकदार हुनेछन् ।