Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सेयर बजारमा उछाल

सेयर बजारमा उछाल

दैनिकी न्यूज

१५, पौष २०७७
सेयर बजारमा उछाल
images

काठमाडौं । आज (बुधबार) सेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ४९.१७ अंकले बढेर २ हजार ६२.०६ अंकमा पुगेको छ । बुधबार ४ अर्ब ४४ करोड ६२ लाख रुपैयाँ बराबरको ९९ लाख १० हजार कित्ता सेयर किनबेच भएको छ ।

बुधबार होटल र विकास बैंक परिसूचक घटेका छन् । बैंक तथा वित्त, जलविद्युत, उत्पादनमूलक, बिमा र म्युचअल फण्ड बढेको छ ।

शिवम् सिमेन्टको सबैभन्दा बढी कारोबार भएको छ । शिवमको प्रतिकित्ता १५८० मा ३४ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै एनआईसी एसिया बैंकको ८७० मा ३२ करोड २३ लाख र हिमालयन डिष्टिलरीको ५ हजार ९८ मा २८ करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

बुधबार कारोबारमा आएका पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। साल्ट ट्रेडिङ कर्पोरेशन, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, मल्टिपर्पस फाइनान्स र एभरेष्ट बैंकको अग्राधिकार शेयरको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेर कारोबार भएको हो।

यता नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने श्री इन्भेष्टमेन्ट फाइनान्सको ३.७६ प्रतिशत, रिलायन्स फाइनान्सको २.९९ प्रतिशत, खानीखोला हाइड्रोपावरको २.८० प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकको २.७८ प्रतिशतले घटेको छ।

images
प्रकाशित मिति :पौष १५, २०७७ बुधवार - १५:३७:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology