काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको ३४ औं वार्षिक साधारणसभा ८ गते हुने भएको छ । बैंकको सञ्चालक समितिको पुस १० गते बसेको बैठकले उक्त साधारणसभा बैंकको केन्द्रीय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । सो सभामा भिडियो कन्फरेन्सको माध्यमबाट पनि सहभागि हुन सकिने बैंकले जनाएको छ।
सभाले असार मसान्तसम्म कायम रहेको चुक्तापूँजीको १३ प्रतिशत बोनस शेयर र ५.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस २२ गतेदेखि साधारण सभा सम्पन्न नभएसम्मका शेयर दाखिल खारेज दर्ता बन्द (बुकक्लोज) गर्नेछ। यस अनुसार पुस २१ गतेसम्म नेप्सेमा करोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।