काठमाडौं । आज (आइतबार) सुनचाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावाला सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । शुक्रबार पनि छापावाल सुन तोलामा ९४ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रति तोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

उता आज चाँदीको भाउ स्थिर रहेको छ । यस दिन चाँदी प्रति तोला १ हजार २८० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन चाँदी सोही भाउमा कारोबार भएको थियो ।