Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेप्से परिसूचक ७ अंकले बढ्यो, कारोबार रकम पौने ७ अर्ब

नेप्से परिसूचक ७ अंकले बढ्यो, कारोबार रकम पौने ७ अर्ब

दैनिकी न्यूज

८, पौष २०७७
नेप्से परिसूचक ७ अंकले बढ्यो, कारोबार रकम पौने ७ अर्ब
images

काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । नेप्से परिसूचक समग्रमा बढे पनि अधिकांश समूह घटेका छन् ।

परिसूचक ७.०४ अंकले बढेर २ हजार ६८ दशमलव ४५ अंकमा पुगेर आजको कारोबार बन्द भएको छ । उता ‘क’ वर्गका कम्पनीहरूको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.२४ अंकले ओरालो लागेको छ ।

आज २०३ कम्पनीका १ करोड १५ लाख ५८ हजार ९ सय ९१ कित्ता सेयर किनबेच भई ६ अर्ब ८६ करोड २४ लाख ४५ हजार २ सय १५ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।


समग्रमा नेप्से परिसूचक बढे पनि व्यापार, होटल, विकास बैंक, हाइड्रोपावर, फाइनान्स लगायतका अधिकांश सब–इन्डेक्सहरु घटेरका छन् । बुधबार बैङ्किङ क्षेत्रको कारोबार २४.२७ अंक, जीवन बिमा ३९४.०७ र म्युचुअल फण्ड ०.०७ अंकले बढेका छन् ।

बुधबार धेरै कमाउनेमा नविल बैंकका लगानीकर्ता पहिलो नम्बरमा देखिएका छन् । यस कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको छ । नविल बैंकले गत आर्थिक वर्ष २०७६–०७७को मुनाफाबाट ५१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । नविलको लाभांशका कारण पनि लगानीकर्ताहरू यता आकर्षित देखिएका छन् ।

images
प्रकाशित मिति :पौष ८, २०७७ बुधवार - १५:३४:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology