काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले १४औं वार्षिक साधारणसभा पुस २९ गते डाकेको छ । बैंकले रजिष्टर्ड कार्यालय, कमलादी काठमाडौंमा बिहान १० बजे सभा डाकेको हो ।
सभाले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १४ प्रतिशत बोनस र २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । संस्थापक शेयरधनी समूहबाट २ जना र सर्वसाधारण शेयरधनी समूहबाट ३ जनासमेत गरी ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । त्यस्तै सभामा स्वतन्त्र सञ्चालक नियुक्ति सम्बन्धी जानकारी पनि दिइने छ ।
साधारण सभा प्रयोजनार्थ बैंकले पुस १५ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको सो सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।