Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ङादी ग्रुप पावरले प्रस्ताव गर्यो लाभांश

ङादी ग्रुप पावरले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

७, पौष २०७७
ङादी ग्रुप पावरले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । ङादी ग्रुप पावरले गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट लााभांश प्रस्ताव गरेको छ । कम्पनी संचालक समितिको पुस ६ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त बोनस शेयरधनीलाई वितरण गरेपछि कम्पनीको चुक्ता पूँजी ५८ करोड ९१ लाख रुपैयाँ पुग्नेछ ।

यस्तै उक्त बैठकले बोनस पछि कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय पनि गरेको छ ।

सोही बैठकले पुस २८ गते मंगलबार बिहान १० बजे कम्पनीको रजिष्टार्ड कार्यालय हनुमानस्थान अनामनगरमा ७ औं साधारण सभा समेत बोलाएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १५ गते बुधबार बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस १४ गते सम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश पाउनेछन ।

images
प्रकाशित मिति :पौष ७, २०७७ मंगलवार - १५:३५:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology