Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपाल एसबिआई बैंकको साधारण सभा पुस २८ गते

नेपाल एसबिआई बैंकको साधारण सभा पुस २८ गते

दैनिकी न्यूज

७, पौष २०७७
नेपाल एसबिआई बैंकको साधारण सभा पुस २८ गते
images

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पुस २८ गते २७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव सहित सो सभा डाकको हो।

सो सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सो सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित ३.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन परिमार्जन गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अनुमति दिने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुस १५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको सो सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। 

images
प्रकाशित मिति :पौष ७, २०७७ मंगलवार - ०८:२४:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology