Logo

सोमवार, श्रावण २५ गते २०८३

images

उकालो लाग्यो सुनको भाउ

उकालो लाग्यो सुनको भाउ

दैनिकी न्यूज

६, पौष २०७७
उकालो लाग्यो सुनको भाउ
images

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ९०० ले उकालो लागेको छ ।

छापावाला सुन आज प्रतितोला रु ९५ हजार २०० मा कारोवार भएको छ । छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार ३०० मा कारोवार भएको थियो ।


यस्तै तेजाबी सुन प्रतितोला रु ८५० ले वृद्धि भएको छ । तेजाबी सुन आजका लागि प्रतितोला रु ९४ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सो धातु आइतबार प्रतितोला रु ९३ हजार ८५० मा कारोवार भएको थियो ।


यस्तै चाँदीको मूल्य भने तोलामा रु ४० ले वृद्धि भएको छ । चाँदी प्रतितोला आज रु एक हजार ३२० मा कारोवार भएको छ ।

आइतबार सो धातु रु एक हजार २८० मा कारोवार भएको थियो ।

images
प्रकाशित मिति :पौष ६, २०७७ सोमवार - १२:३४:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology