काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६–७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र नगद लाभांशमा लाग्ने कर सहित गरी ३.२० प्रतिशत नगद लाभांश गरी कुल १६.२० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको ४१२ औँ बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरी सो लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ।
हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ४४ करोड ७७ लाख ५२ हजार ९६६ रुपैयाँ ९६ पैसा छ।