काठमाडौं । सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि बुकक्लोज गर्दैछ। जसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकले हाल कायम चुक्ता पूँजीको ५ दशमलव ८० प्रतिशतका दरले हुन आउने रकम बराबरको बोनस शेयर र कर सहित २ दशमलव ४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित पुस २४ गते साधारण सभा डाकेको छ।