काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट १८ दशमलव ५० प्रतिशत लाभाश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश मध्ये १३ प्रतिशत बोनस तथा कर प्रयोजनको लागि ५.५० प्रतिशत नगद लाभांश रहेको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनिहरुमा वितरण हुनेछ।
हाल बैंकको चुक्तापुंजी १४ अर्ब २४ करोड ८९ लाख ५४ हजार ५०० रुपैया रहेको छ ।
