Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कतिमा भयो समता लघुवित्तको मूल्य समायोजन ?

कतिमा भयो समता लघुवित्तको मूल्य समायोजन ?

दैनिकी न्यूज

५, पौष २०७७
कतिमा भयो समता लघुवित्तको मूल्य समायोजन ?
images

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले समता लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो।

नेप्सेले २० प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। समायोजनपश्चात लघुवित्तको नयाँ शेयरमूल्य प्रतिकित्ता ५५० रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिन अर्थात गत बिहीबारको अन्तिम कारोबार मूल्यका आधारमा मूल्य समायोजन गरेको हो। गत बिहीबार लघुवित्तको शेयर प्रति कित्ता ६६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

images
प्रकाशित मिति :पौष ५, २०७७ आइतवार - ०८:५१:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology