Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार सुनचाँदीको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार सुनचाँदीको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

३, पौष २०७७
शुक्रबार सुनचाँदीको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) छापावाल सुनको भाउ प्रतितोलामा ८०० रुपैयाँले बढेर ९४ हजार ३ सय रुपैयाँ कारोबार भैरहेको छ भने तेजावी सुनको भाउ ९३ हजार ८५० रुपैयाँ निर्धारण गरिएको छ ।

9-3.PNG

तर बिहीबार छापावाल सुन प्रति तोला ९३ हजार ५ सय, तेजाबी सुन प्रति तोला ९३ हजार ५०, बुधबार छापावाल सुन प्रति तोला ९३ हजार १ सय, तेजाबी सुन प्रति तोला ९२ हजार ६५०, मंगलबार छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ३ सय रुपैयाँ, तेजावी सुनको भाउ ९१ हजार ९५० रुपैयाँ, त्यस्तै सोमबार छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ४ सय रुपैयाँ, तेजावी सुनको भाउ ९१ हजार ९५० रुपैयाँ, आइतबार छापावाल सुन भाउ प्रतितोला ९२ हजार ५ सय रुपैयाँ, तेजावी सुन ९२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १२ सय ८० रुपैयाँ रहेको महासंघले जनाएको छ । तर बिहीबार चाँदीको भाउ प्रतितोला १२ सय ५५ रुपैयाँ रहेको थियो ।

images
प्रकाशित मिति :पौष ३, २०७७ शुक्रवार - १०:५३:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology