Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बिहीबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बिहीबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२, पौष २०७७
बिहीबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) छापावाल सुनको भाउ प्रतितोलामा ४०० रुपैयाँले बढेर ९३ हजार ५ सय रुपैयाँ कारोबार भैरहेको छ भने तेजावी सुनको भाउ ९३ हजार ५० रुपैयाँ निर्धारण गरिएको छ ।

तर बुधबार छापावाल सुन प्रति तोला ९३ हजार १ सय, तेजाबी सुन प्रति तोला ९२ हजार ६५०, मंगलबार छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ३ सय रुपैयाँ, तेजावी सुनको भाउ ९१ हजार ९५० रुपैयाँ, सोमबार छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ४ सय रुपैयाँ, तेजावी सुनको भाउ ९१ हजार ९५० रुपैयाँ निर्धारण गरिएको थियो । त्यस्तै आइतबार छापावाल सुन भाउ प्रतितोला ९२ हजार ५ सय रुपैयाँ, तेजावी सुन ९२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १२ सय ५५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :पौष २, २०७७ बिहिवार - १२:१५:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology