Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मेगा बैंकको लाभांश प्रस्ताव बोनस र नगद

मेगा बैंकको लाभांश प्रस्ताव बोनस र नगद

दैनिकी न्यूज

२, पौष २०७७
मेगा बैंकको लाभांश प्रस्ताव बोनस र नगद
images

काठमाडौं । मेगा बैंकले गत वर्ष २०७६–७७ को लागि १३ दशमलव शून्य ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको पुस १ गतेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र ३ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो लाभांश बैंकको गत आर्थिक वर्षको अन्त्यसम्म कायम सञ्चित मुनाफा र अन्य कोषहरुबाट हाल कायम चुक्तापूँजीको आधारमा वितरण हुनेछ । हाल बैंकको चुक्तापूँजी १३ अर्ब ३२ करोड २६ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

images
प्रकाशित मिति :पौष २, २०७७ बिहिवार - ११:२०:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology