Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपाल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

नेपाल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

दैनिकी न्यूज

२, पौष २०७७
नेपाल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
images

काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्ष २०७६–०७७ को लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष नाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

गत पुस १ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद (कर समेत) गरी कूल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनी हकदार हुनेछन् ।

उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा ९ प्रतिशतले घटी हो । बैंकले आघिल्लो आर्थिक वर्ष २०७५–७६ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो । 

images
प्रकाशित मिति :पौष २, २०७७ बिहिवार - १०:४१:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology