Logo

सोमवार, श्रावण २५ गते २०८३

images

स्ट्यान्डर्ड चार्टर्ड बैंकको वार्षिक साधारणसभा पुस २४ मा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको वार्षिक साधारणसभा पुस २४ मा

दैनिकी न्यूज

२, पौष २०७७
स्ट्यान्डर्ड चार्टर्ड बैंकको वार्षिक साधारणसभा पुस २४ मा
images

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश प्रस्ताव सहित ३४ औँ साधारण सभा डाकेको छ। बैंकले पुस २४ गते एभरेष्ट होटल, नयाँ बानेश्वरमा ३४ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा दिउँसो १२ः१५ बजे शुरु हुनेछ।

सभामा हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत अर्थात प्रति १०० कित्ता शेयरमा नयाँ ७ कित्ता शेयरका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव रहेको छ। यसका साथै सो सभाले लाभांश कर प्रयोजनका लागि सहित गरी ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ९ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यसको अर्थ पुस ८ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।

सभामा भौतिक रुपमा बढीमा २५ जना शेयरधनी मात्र उपस्थित हुनेसक्ने भएका कारण अन्य शेयरधनीहरुलाई भिडियो कन्फ्रेन्सको माध्यमबाट सहभागित जनाउन बैंकले अनुरोध गरेको छ।

images
प्रकाशित मिति :पौष २, २०७७ बिहिवार - ०९:२१:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology