Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेप्सेमा करेक्सन, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

नेप्सेमा करेक्सन, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

दैनिकी न्यूज

१, पौष २०७७
नेप्सेमा करेक्सन, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी
images

काठमाण्डौ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अंकको गिरावट आएको छ। आज परिसूचक ६ दशमलव २० अंकले घटेर २०५५.२२ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.४३ अंकले घटेर ३८६.९८ को विन्दुमा आएको छ । आज नेप्सेमा सूचीकृतमध्ये १९९ कम्पनीका १ करोड ५ लाख ५८ हजार ३९१ कित्ता सेयर ५ अर्ब १४ करोड ४६ लाख ७५ हजार ५७८ रुपैयाँमा कारोबार भएको छ।

आज एनसीसी बैंकको सर्वाधिक ३९ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ३१ करोड ९१ लाख, नेपाल पुनर्बीमा कम्पनीको २४ करोड ३९ लाख रुपैयाँ, नबिल बैंकको १८ करोड ४८ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १४ करोड ७६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १३ करोड ९ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंकको १२ करोड ९७ लाख रुपैयाँ, आरएमडीसी लघुवित्तको १२ करोड १३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ११ करोड ३९ लाख रुपैयाँ र नेपाल बैंकको ११ करोड २७ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ७ वटा समूहको शेयर मूल्य बढेको छ भने बाँकी ५ वटामा समूहको शेयर मूल्यमा गिरावट आएको छ । आज लघुवित्त समूह ७६.५७ अंक, व्यापार समूह २४.१६ अंक, बैंकिङ समूह ०.९५ अंक, होटेल्स् समूह ७.२७ अंक, विकास बैंक समूह ९.६ अंक, उत्पादन तथा प्रशोधन समूह २०.७२ अंक र म्युचुअल फन्ड समूह ०.०१ प्रतिशतले बढेको छ । उता जीवन बीमा समूहमा सबैभन्दा धेरै १६०.८५ अंक, निर्जीवन बीमा समूह १३८.४२ अंक, जलविद्युत् समूह २४.३६ अंक, वित्त समूह २.१ अंक र अन्य समूह २६.०२ अंकको गिरावट आएको छ।


आज ७ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्कि लागेको छ। यो दिन छ्याङ्दी हाइड्रोपावर र महुली सामुदायिक लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत र समिट लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, आरएमडीसी लघुवित्त, माउन्टेन इनर्जी र सूर्योदय लघुवित्तको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। यीमध्ये माउन्टेन इनर्जीको सेयर कारोबार आजबाट धितोपत्र दोस्रो बजारमा खुलेको हो। आज एनसीसी बैंकको सेयरमूल्य पनि ८ प्रतिशत बढीले बढेको छ।

यो दिन एनएमबी ५० का इकाइधनीहरुले धेरै गुमाए। यो योजनाको इकाइमूल्यमा ४ प्रतिशत बढीको गिरावट आएको छ।

images
प्रकाशित मिति :पौष १, २०७७ बुधवार - १५:०३:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology