Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार पनि सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

मंगलबार पनि सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

३०, मंसिर २०७७
मंगलबार पनि सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको भाउ प्रतितोलामा १०० रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँ कारोबार भैरहेको छ भने तेजावी सुनको भाउ ९१ हजार ८५० रुपैयाँ निर्धारण गरिएको छ ।

तर सोमबार छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ४ सय रुपैयाँ, तेजावी सुनको भाउ ९१ हजार ९५० रुपैयाँ निर्धारण गरिएको थियो । त्यस्तै आइतबार छापावाल सुन भाउ प्रतितोला ९२ हजार ५ सय रुपैयाँ, तेजावी सुन ९२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १२ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर ३०, २०७७ मंगलवार - १०:४८:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology