काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक दोहोरो अंकले बढेको छ । आज परिसूचक ५६.७२ अंकले बढेर नेप्से २०६७.१७ को विन्दुमा पुगेर कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक पनि ६.०४ अंकले बढेर ३८८.१६ को विन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृतमध्ये २०२ कम्पनीका १ करोड २८ लाख ८८ हजार ६६ कित्ता सेयर ७ अर्ब २० करोड ४१ लाख ३६ हजार ९२३ रुपैयाँमा कारोबार भएको छ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये हाइड्रोपावर समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । यो दिन जीवन बीमा समूह सर्वाधिक १०३३.१२ अंकले उकालो लागेको छ। निर्जीवन बीमा समूह ३७९.१४ अंक, व्यापार समूह १६१.७६, होटेल्स् समूह ३६.१६ अंक, विकास बैंक समूह ५६.५२ अंक, वित्त समूह ३.३४ अंक, उत्पादन तथा प्रशोधन समूह १०६.०५ अंक, अन्य समूह ६३.३९ अंक, लघुवित्त समूह १३६.२१ अंक र म्युचुअल फन्ड समूह ०.१५ अंकले बढेका छन्। तर जलविद्युत् समूहमा २१.१५ अंकको गिरावट आएको छ।
यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ७४ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको ४६ करोड १५ लाख, नेसनल लाइफ इन्स्योरेन्सको ४२ करोड १ लाख, नबिल बैंकको ३२ करोड ७९ लाख, शिखर इन्स्योरेन्सको २४ करोड ८० लाख, एनआईसी एसिया बैंकको २२ करोड ३५ लाख, शिवम् सिमेन्ट्सको १९ करोड ४५ लाख, एनटीसीको १७ करोड ८५ लाख, कृषि विकास बैंकको १७ करोड ३४ लाख र हिमालयन डिस्टिलरीको १६ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज १४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन प्राइम लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको र ग्लोबल आईएमई लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, स्वाभिमान लघुवित्त, महुली सामुदायिक लघुवित्त, नेसनल माइक्रोफाइनान्स, शिखर इन्स्योरेन्स, सपोर्ट माइक्रोफाइनान्स, लक्ष्मी लघुवित्त, उन्नति सहकार्य लघुवित्त, महिला सहयात्रा लघुवित्त, नेसनल लाइफ इन्स्योरेन्स र एसटीसीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।
यो दिन लिबर्टी इनर्जीको सेयरमूल्यमा सबैभन्दा बढी ६ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।